सल्यानको शारदा नगरपालिका–१ दारिमचौरमा मंगलबार बिहान बोलेरो जिप दुर्घटना हुँदा परिचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय १८ वर्षीय नारायण ओलि रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका ओलिको उपचारको क्रममा सल्यान स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप आज बिहान ६ बजे अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो ।
धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारामा मंगलबार बिहान जिपको ठक्कटरबाट मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका–५ का ५६ वर्षीय शेर बहादुर राई रहेका छन् । काठमाण्डौबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००२ च ५२६३ नम्बरको जिपले राई सवार ना ५२ प ५१३० नम्बरको मोटरसाईकललाई आज बिहान साढे ८ बजे ठक्कर दिएको थियो ।