spot_img
शनिबार, बैशाख ६, २०८२
शनिबार, बैशाख ६, २०८२
- Advertisement -spot_imgspot_img
मधेश प्रदेशधनुषामा पिकअपको ठक्करबाट एक बृद्धको मृत्यु

धनुषामा पिकअपको ठक्करबाट एक बृद्धको मृत्यु

२२ चैत , जनकपुरधाम ।

पिकअपको ठक्करबाट धनुषामा ५६ वर्षीय शेरबहादुर राईको मृत्यु भएको छ ।

- Advertisement -

रौतहटको चन्द्रनिगाहपुर नगरपालिका वडा नं. ५ का ५६ वर्षीय शेरबहादुर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
मंगलवार विहान धनुषाको मिथिला नगरपालिका–११, बाहुनमारास्थित पृथ्वी राजमार्गमा सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ प नम्बरको पिकअपले विपरित दिशाबाट आउँदै गरेको बा ५२ प ५१३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु भएका राईको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।

- Advertisement -

ठक्कर दिने पिकअप र चाकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार