spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
बिशेष खबरस्थानीय तहको नेतृत्वमा महिला २.३९ प्रतिशत मात्रै

स्थानीय तहको नेतृत्वमा महिला २.३९ प्रतिशत मात्रै

facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing buttonmessenger sharing buttonsharethis sharing buttonस्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलले नगरपालिकाको हकमा प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको हकमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिँदा कम्तीमा एक जना महिलालाई अनिवार्य रूपमा उम्मेदवार बनाउनु पर्ने प्रावधान छ । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले अधिकांश महिलाका लागि दोस्रो पद अर्थात् उपप्रमुख÷उपाध्यक्षको उम्मेदवारीमा मात्र सीमित गरेको अवस्था रह्यो ।

राजनीतिक दलले महिलालाई स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदका लागि न्यून सङ्ख्यामा मात्र उम्मेदवार बनाएको पाइन्छ । देशभर ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी जम्मा ७५३ स्थानीय तह छन् । २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख पदका लागि परेको ५८३७ उम्मेदवारीमध्ये जम्मा ३६८ जना महिला थिए । त्यो भनेको स्थानीय तहको प्रमुखमा ६ प्रतिशत मात्रै महिला उम्मेदवार रहे ।

- Advertisement -

७५३ वटा स्थानीय तहमध्ये नगरपालिकाको प्रमुख तथा गाउँपालिकाको अध्यक्षमा १८ जना महिला निर्वाचित भएका थिए । त्यस्तै उपप्रमुखमा ७०० जना र वडाध्यक्षमा ६१ जना महिला निर्वाचित भए ।

सो निर्वाचनमा निर्वाचित भएका प्रमुख तथा अध्यक्ष पदमा महिला २.३९ प्रतिशत र पुरुष ९७.६१ प्रतिशत छन् । उपप्रमुख तथा उपाध्यक्ष पदमा ९२.९६ प्रतिशत महिला र ७.०४ प्रतिशत पुरुष निर्वाचित भए भने वडाध्यक्ष महिला ०.९२ प्रतिशत र पुरुष ९९.०७ प्रतिशत निर्वाचित भए । त्यस्तै, वडा सदस्य महिला १.९६ प्रतिशत र पुरुष ९८.०३ प्रतिशत छन् ।

- Advertisement -

स्थानीय तहमा निर्वाचन गर्नुपर्ने कुल ३५,२२१ पदमध्ये विभिन्न पदमा निर्वाचित भएका सम्पूर्ण महिलाको समग्र आँकडा हेर्दा उनीहरूबाट निर्वाचित सङ्ख्या १४ हजार ३५३ अर्थात् ४०.७५ प्रतिशत छ । यो प्रतिशत २०५४ सालको स्थानीय निकाय निर्वाचनको तुलनामा भने दोब्बर हो । यस सङ्ख्याले नेपालको राष्ट्रिय योजना आयोगले निर्धारण गरेको सन् २०१९ सम्ममा ४०.५ प्रतिशत महिला सहभागिता पुर्‍याउने लक्ष्य पूरा गरेको छ ।

सन् २०३० को लक्ष्य ४२ प्रतिशत हो । यो लक्ष्य हासिल गर्नका लागि स्थानीय तहका पदमा अहिलेको स्थितिमा अझै ४४० जना थप महिला निर्वाचित हुन आवश्यक छ । यो लक्ष्य प्राप्तिका लागि महिलाका लागि विद्यमान आरक्षित स्थान र उम्मेदवार मनोनयन सम्बन्धी प्रावधानमा दलको दायित्व र महिलाको नेतृत्व विकासमा अझै सुधार हुन आवश्यक देखिन्छ ।

यद्यपि स्थानीय तहको नेतृत्व गर्ने नगरपालिकामा प्रमुख र गाउँपालिकामा अध्यक्ष पदमा भने महिलाको प्रतिनिधित्व झिनो देखिन्छ । २०५४ मा ०.३ प्रतिशतबाट वृद्धि भएर २०७४ मा महिलाको प्रतिनिधित्व २.४ प्रतिशतमा पुगेको देखिन्छ । तर विशेष पहलका कारण आरक्षण गरिएका स्थान र पदमा बाहेक अन्य पदमा महिलाको प्रतिनिधित्वको अवस्थामा विगत २० वर्षको अवधिमा उल्लेखनीय परिवर्तन देखिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार