spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
समाचारशिक्षाकक्षा १२ को परीक्षा आगामी जेठ १८ गते देखि...

कक्षा १२ को परीक्षा आगामी जेठ १८ गते देखि हुने

काठमाण्डाै – कक्षा १२ को परीक्षा आउँदाे जेठको दोस्रो हप्तादेखि सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको दोस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्न लागेको  राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताउनुभयो ।

- Advertisement -

भोलि शुक्रवार बोर्डको बैठक बसेर तालिका सार्वजनिक गर्न लागिएको उहाँले बताउनुभयो । यस पटकको प्रश्न पत्र भने अनलाइन माध्यमबाट पठाइने र परीक्षा केन्द्रले प्रिन्ट गरेर विद्यार्थीलाई दिनुपर्नेछ । कोरोनाका कारण बोर्डले गएको वर्षदेखि प्रश्न पत्र प्रकाशन गर्न छोडेको हो ।

यस वर्ष झन्डै चार लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार