spot_img
शनिबार, चैत्र १४, २०८२
शनिबार, चैत्र १४, २०८२
- Advertisement -spot_imgspot_img
समाचारजनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय

२०८२ चैत १४ काठमान्डौ : एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा पार्टीले कानुनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने भएको छ । आज बिहान पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।प्रत्येक जिल्ला सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, भोलि १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने भएको छ । यस्तै, लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलसँग संवाद र सहकार्य तथा नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने बैठकले निर्णय गरेको पार्टी महासचिव शंकर पोखरेलले  जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार