spot_img
बुधबार, माघ २९, २०८२
बुधबार, माघ २९, २०८२
- Advertisement -spot_imgspot_img
समाचाररघुनाथपुरमा एमालेका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश

रघुनाथपुरमा एमालेका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश

२०८२ माघ १५ धनुषा : धनुषाको सबैला नगरपालिका वडा नं. १२ स्थित रघुनाथपुरमा नेपाली कम्युनिस्ट पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य श्री नारायण कुमार र सबैला नगर कमिटी सदस्य राम एकवाल कुमारको नेतृत्वमा ९० भन्दा बढी नेता, कार्यकर्ता, युवा तथा स्थानीय सर्वसाधारणहरूले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा औपचारिक रूपमा प्रवेश गरेका हुन्।

- Advertisement -

स्थानीय स्तरमा आयोजित उक्त कार्यक्रम पार्टी प्रवेश तथा संगठन सुदृढीकरण अभियान अन्तर्गत गरिएको जनाइएको छ। कार्यक्रममा विभिन्न टोल तथा बस्तीबाट सहभागी भएका व्यक्तिहरूले सामूहिक रूपमा नेकपाको सदस्यता ग्रहण गरेका थिए। नवप्रवेशीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार मातृका प्रसाद यादवले गमछा, टीका, माला र सदस्यता पत्र प्रदान गर्दै स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेतृत्वकर्ताहरूले देशको समसामयिक राजनीतिक अवस्था, जनताका दैनिक समस्या, विकास निर्माणको आवश्यकता तथा वैकल्पिक राजनीतिक शक्तिको भूमिकाबारे धारणा राखेका थिए। उनीहरूले जनताको अधिकार, सामाजिक न्याय, सुशासन र समृद्धि सुनिश्चित गर्न नेकपाको नीति, विचार र कार्यक्रम प्रभावकारी रहेको भन्दै सोही कारण आफूहरू पार्टीमा आवद्ध भएको बताएका थिए।

- Advertisement -

एमालेबाट आएका नेताहरूले अब स्थानीय स्तरमा जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने, संगठन विस्तार गर्ने र जनमुखी अभियानलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले रघुनाथपुरसहित आसपासका क्षेत्रमा पार्टीको प्रभाव र जनआधार अझै मजबुत बनाउने लक्ष्यसमेत सार्वजनिक गरेका थिए।

कार्यक्रममा सहभागी नेकपाका स्थानीय नेताहरूले नयाँ सदस्यहरूको आगमनले संगठनमा थप ऊर्जा र उत्साह थपिएको बताएका छन्। उनीहरूले सामूहिक प्रवेशले आगामी राजनीतिक गतिविधि र जनपरिचालन अभियानमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार