spot_img
शुक्रबार, अशोज ३, २०८२
शुक्रबार, अशोज ३, २०८२
- Advertisement -spot_imgspot_img
समाचारजनमत पार्टीका अध्यक्ष राउतलाई २४ घण्टाभित्र राजीनामाको अल्टिमेटम

जनमत पार्टीका अध्यक्ष राउतलाई २४ घण्टाभित्र राजीनामाको अल्टिमेटम

 २०८२ असोज १, काठमाण्डौ :- देशभर फैलिएको भ्रष्टाचार, परिवारवाद, नातावाद, कृपावाद र कुशासनको विरुद्ध हालै भदौ २३ र २४ गते “जेन जी” युवा पुस्ताले सञ्चालन गरेको आन्दोलनले नेपाली राजनीतिमा ऐतिहासिक मोड ल्याइरहेको बेला जनमत पार्टीभित्र पनि नेतृत्व परिवर्तनको माग खुलेर अगाडि आएको छ।

जनमत पार्टीका वरिष्ठ पदाधिकारीहरूले पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सि.के.) राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट स्वेच्छिक राजीनामा दिन औपचारिकरूपमा अनुरोध गरेका छन्। मिति २०८२/०६/०१ मा अध्यक्षलाई सम्बोधन गरिएको लिखित प्रस्तावमार्फत उनीहरूले नेतृत्व परिवर्तनको आवश्यकता औंल्याएका हुन्।

- Advertisement -

पत्रमा हालको राजनीतिक परिस्थितिमा पार्टीले आत्मसमीक्षा गर्दै परिवर्तनको मार्ग अपनाउनुपर्ने उल्लेख छ। सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलको अकर्मण्यता र अनियमितताविरुद्ध उभिएको जनमतलाई सम्बोधन गर्न पार्टीले आफ्नै कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको कमी र जनभावनासँग विमुखता सुधार्नुपर्नेमा पदाधिकारीहरूले जोड दिएका छन्।

वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजय कुमार यादव, केन्द्रीय संयोजक (स्वास्थ्यकर्मी जनमत संघ) सि.के. सिंह, वरिष्ठ प्रदेश इन्चार्ज (सुदूरपश्चिम) राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य समेत रहेका केन्द्रीय सदस्य विक्रम बहादुर बमले नेतृत्व परिवर्तनको मागमा हस्ताक्षर गरेका छन्।

- Advertisement -

उनीहरूले अध्यक्ष डा. सि.के. राउत र डा. जयकान्त राउतले मार्ग प्रशस्त गरे पार्टीलाई थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी बनाउने अभियानमा सबै एकजुट हुने प्रतिवद्धता व्यक्त गरेका छन्। साथै, पार्टी निर्माणदेखि अहिलेसम्म योगदान पुर्‍याएका नेता, कार्यकर्ता र सदस्यलाई पार्टीको पुनर्गठन र सुदृढीकरणमा सक्रिय भूमिका खेल्न पनि अनुरोध गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार