spot_img
बुधबार, असार ११, २०८२
बुधबार, असार ११, २०८२
- Advertisement -spot_imgspot_img
समाचारसाइबर क्राइम सम्बन्धी तीनदिने तालिम सम्पन्न

साइबर क्राइम सम्बन्धी तीनदिने तालिम सम्पन्न

२०८२ असार ८ धनुषा : धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललियामा रहेको श्री माध्यमिक विद्यालय ललियामा साइबर क्राइम सम्बन्धी जनचेतनामूलक तालिम सफलतापूर्वक सम्पन्न भएको छ। युवाहरूमा साइबर अपराधबारे सचेतना फैलाउने उद्देश्यले सञ्चालित उक्त तालिम मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा तीन दिनसम्म सञ्चालन गरिएको हो।

तालिममा कक्षा ७, ८, ९ र १० मा अध्ययनरत १२० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूलाई साइबर सुरक्षाका उपाय, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, डिजिटल गोपनीयता, र साइबर अपराधको कानुनी व्यवस्था लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो।

- Advertisement -

कार्यक्रमको समापन सत्रमा वडा नं. ५ का वडा अध्यक्ष श्री सुरेन्द्र कुमार मण्डल, ललिया प्रहरी चौकीका इन्चार्ज योगेन्द्र चौधरी, विद्यालयका प्रधानाध्यापक अजय यादव, प्रशिक्षक र सह–प्रशिक्षकको उपस्थिति रहेको थियो।

समापन मन्तव्यमा बोल्दै वडा अध्यक्ष मण्डलले भने, “आजको डिजिटल युगमा युवाहरूलाई साइबर अपराधबारे जानकारी हुनु अत्यन्त आवश्यक छ। यस्तो तालिमले उनीहरूलाई सुरक्षित डिजिटल नागरिक बनाउने विश्वास लिएको छु।”

- Advertisement -

प्रहरी इन्चार्ज चौधरीले पनि अनलाइन गतिविधिमा सतर्कता र सजगता अपनाउन आग्रह गर्दै साइबर अपराधको नियन्त्रणका लागि समुदाय स्तरबाट नै पहल गर्नुपर्नेमा जोड दिनुभयो।

विद्यालयका प्रधानाध्यापक यादवले पालक, विद्यालय र स्थानीय तहको सहकार्यमा अझै प्रभावकारी तालिमहरु ल्याउने प्रतिबद्धता जनाउनुभयो।

तालिमले विद्यार्थीहरूलाई सुरक्षित डिजिटल व्यवहारबारे सजग गराउनुका साथै साइबर अपराधविरुद्ध सशक्त नागरिक बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार