spot_img
बिहिबार, जेष्ठ ९, २०८२
बिहिबार, जेष्ठ ९, २०८२
- Advertisement -spot_imgspot_img
समाचारधनुषामा एमालेको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी अध्यक्षमा...

धनुषामा एमालेको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी अध्यक्षमा भोला र सचिव दिपन अग्रस्थानमा

२०८२ जेष्ठ ८ धनुषा: नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनुषामा नयाँ नेतृत्व चयनका लागि सम्पन्न मतदानपछि मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ। गएरातिदेखि सुरु भएको मतगणना केहीबेर स्थगित गरिएको भए पनि आज दिउँसोबाट पुनः सुरु भएको छ।

अध्यक्ष पदका लागि हालसम्म भएको ३१४ मतको गणनामा रघुवीर महासेठको प्यानलबाट उम्मेदवार रहेका भोला यादवले १९५ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनीसँग प्रतिस्पर्धा गरिरहेका उमाशंकर अडगरिया प्यानलका लक्ष्मी यादवले भने १११ मत ल्याएका छन्।

- Advertisement -

बिहानसम्मको १५६ मत गणनामा भोला यादवले ९१ मत पाएका थिए भने लक्ष्मी यादवले ६३ मत ल्याएका थिए। दिउँसो थप १५८ मतको गणनामा भोला यादवको मत १०४ पुग्दा लक्ष्मी यादवको मत ४८ मा सीमित भएको थियो।

सचिव पदतर्फ पनि रघुवीर महासेठ समूहकै उम्मेदवार दीप नारायण ठाकुरले राम्रो अग्रता कायम राखेका छन्। हालसम्मको गणनामा उनले १८० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी धीरेन्द्र मण्डलले भने ११६ मत ल्याएका छन्।

- Advertisement -

जम्मा खसेको ६१५ मतमध्ये हालसम्म ३१४ मतको मात्र गणना सम्पन्न भएको छ भने बाँकी ३०१ मतको गणना कार्य जारी छ। मतगणना पूरा नहुँदासम्म अन्तिम नतिजाका लागि प्रतीक्षा गर्नुपर्ने देखिन्छ।
एमाले धनुषाको नेतृत्व चयनलाई लिएर पार्टी कार्यकर्ताबीच चासो र उत्साह रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार