spot_img
मङ्लबार, जेष्ठ ७, २०८२
मङ्लबार, जेष्ठ ७, २०८२
- Advertisement -spot_imgspot_img
समाचारराजनितिएमालेको चुनावमा भोला यादव प्यानलको जितने सम्भावना प्रवल

एमालेको चुनावमा भोला यादव प्यानलको जितने सम्भावना प्रवल

२०८१ जेष्ठ ०६ जनकपुरधाम: नेकपा एमालेको ८औं धनुषा जिल्ला अधिवेशनको मतदान प्रक्रियामा अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मी यादव बीच र सचिव पदका लागि दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्र मण्डलबीच प्रतिस्पर्धा हुँदैछ।

हालसम्मको राजनीतिक समीकरण, समर्थन र संगठनभित्रको प्रभाव मूल्याङ्कन गर्दा भोला यादव र दिपनको प्यानलप्रति कार्यकर्ताहरूको आकर्षण तीव्र रूपमा बढेको देखिन्छ।

- Advertisement -

अध्यक्ष पदका उम्मेदवार भोला यादव नेकपा एमालेभित्रको एक अनुभवी, समर्पित र कार्यकर्तामैत्री नेताका रूपमा चिनिन्छन्। संगठन विस्तार, आन्दोलन तथा कार्यकर्तामाथिको माया र नेतृत्व क्षमताका कारण उहाँले व्यापक जनसमर्थन प्राप्त गरिरहेका छन्।

त्यस्तै, सचिव पदका उम्मेदवार दिप नारायण ठाकुर ‘दिपन बलिया’ एक निष्ठावान, कर्मठ र संगठनप्रति समर्पित युवा नेता हुन्। युवामाझ लोकप्रिय दिपनले संगठनात्मक अनुशासन, पारदर्शिता र परिणाममुखी कार्यशैलीलाई प्राथमिकतामा राख्दै आएका छन्।

- Advertisement -

यो प्यानललाई नेकपा एमालेका केन्द्रीय सचिव तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद रघुबिर महासेठ र क्षेत्र नम्बर ३ का सांसद जुलि महतो महतो सहित शीर्ष तहका नेताहरूको समर्थन प्राप्त छ।

अर्को तर्फ अध्यक्ष पदका उमेदवार लक्ष्मी यादव र सचिव पदका उम्मेदवार धिरेन्द्र मण्डल प्रतिस्पर्धामा छन्। वर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादव, उमाशंकर अरगरिया, संजीव झा सुरज जस्ता नेताहरूको समर्थनमा रहेको यस प्यानललाई पनि संगठनभित्र एक बलियो दाबेदारको रूपमा हेरिएको छ।

साथै, मधेस प्रदेश सभामुख रामचन्द्र मण्डलले समेत लक्ष्मी र धिरेन्द्र प्यानललाई आन्तरिक रूपमा सहयोग गरिरहेको स्रोत बताउँछ।

यद्यपि दुबै प्यानलले आ–आफ्ना रणनीति प्रस्तुत गर्दै समर्थन जुटाउने प्रयास जारी राखेका छन्, कार्यकर्ता र प्रतिनिधिहरूको अभिमुखीकरण भने भोला यादव र दिपन बलिया प्यानलतर्फ बढी देखिएको छ।

- Advertisement -

कार्यकर्तामाझ ‘अनुभव र जोशको संयोजन, समर्पण र इमान्दार नेतृत्वको प्रतीक’को रूपमा चिनिएको यो प्यानलले जिल्ला पार्टीको नेतृत्वलाई सशक्त बनाउने दाबी गर्दै आएको छ।
अधिवेशनले जिल्ला संगठनलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ। अबको नेतृत्वको छनोट अधिवेशन प्रतिनिधिहरुको विवेक, अनुभव र दूरदृष्टिमा निर्भर हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार