spot_img
बुधबार, जेष्ठ १, २०८२
बुधबार, जेष्ठ १, २०८२
- Advertisement -spot_imgspot_img
समाचारराजनितिकम्युनिस्ट नेताहरूको विलासी जीवनशैली सिद्धान्त र व्यवहारको खाडल

कम्युनिस्ट नेताहरूको विलासी जीवनशैली सिद्धान्त र व्यवहारको खाडल

२०८२ बैशाख ३० धनुषा  :

नेपालको कम्युनिस्ट आन्दोलनले झन्डै आठ दशक लामो यात्रा तय गरिसकेको छ। कालमार्क्सको वर्गसंघर्ष सिद्धान्त, लेनिनको क्रान्तिकारी नेतृत्वदृष्टिकोण र माओको जनयुद्ध रणनीतिले नेपाली कम्युनिस्ट आन्दोलनलाई गहिरो प्रेरणा र दिशा दिएको तथ्य सर्वविदित छ। तर ती आदर्शहरू आजको नेपाली कम्युनिस्ट नेताहरूको जीवनशैली र व्यवहारमा झल्किन्छन् त?

- Advertisement -

२०५२ सालमा सुरु भएको जनयुद्ध, जसको अगुवाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले गर्‍यो, माओवादको सशस्त्र संघर्ष सिद्धान्तमा आधारित थियो। सो संघर्षले जनताको चेतनास्तरमा नयाँ ऊर्जा दियो। दलित, महिला, जनजाति र सिमान्तकृत समुदायहरूमा राजनीतिक चेतना फैलायो। तर एक दशक लामो सशस्त्र द्वन्द्वको समाप्तिपछि ती नेताहरूले आफैं जनताबाट टाढा हुँदै गए।

अर्कोतर्फ, नेकपा (एमाले) ले “जनताको बहुदलीय जनवाद (जवज)” लाई वैचारिक मार्गदर्शन बनाउँदै संसदीय प्रक्रियाबाट समाजवाद निर्माणको लक्ष्य लिएको छ। प्रारम्भमा जनअपेक्षा उच्च थियो। जवजले नेपाली समाजको विशेषताअनुरूपको मार्ग निर्माण गर्ने विश्वास दिलाएको थियो। तर व्यवहारमा ती सिद्धान्तहरू कता हराए?

- Advertisement -

आजका नेकपा नेताहरूका जीवनशैली हेर्दा उनीहरू सर्वहारा होइन, शासक वर्गकै प्रतिनिधि जस्ता लाग्छन्। महँगो गाडी चढ्ने विलासी भवनमा बस्ने, निजि सम्पत्ति जोड्ने, आफ्ना सन्तानलाई विदेशमा पढाउने यी सबै चाल चलनले कम्युनिस्ट नेताहरूलाई सर्वसाधारण जनताबाट धेरै टाढा पु-याएको छ।
यिनै नेताहरू जसले कहिले गरीब, किसान र मजदुरका नाममा राजनीति सुरु गरेका थिए, आज तिनकै दुख र पीडालाई बिर्सिएझैं देखिन्छ। सिद्धान्तमा वर्गविहीन समाजको सपना देखाउने, व्यवहारमा भने वर्गीय विभाजनलाई अझ चर्काउने कार्यमा अग्रसर छन्।

अब प्रश्न उठ्छ – के नेपालमा कम्युनिस्ट आन्दोलनले आफ्नो मूल लक्ष्य बिर्सिसकेको हो? के आजका नेताहरूले कालमार्क्स, लेनिन र माओका विचारलाई केवल नाराका रूपमा उपयोग गरिरहेका छन्?

जनताले अब बुझ्न थालेका छन् खाली नाराले जीवन परिवर्तन हुँदैन। सच्चा परिवर्तनका लागि नेता स्वयं इमानदार, आदर्श र जनमुखी हुनुपर्छ। सिद्धान्त र व्यवहारबीचको खाडल मेट्न नसकेसम्म नेपाली वाम आन्दोलन जनताको भरोसा गुमाउँदै जानेछ।

समय छ, अझै सुधारको। आत्मसमीक्षा, अनुशासन र जनताको दुःखमा साक्षात सहभागिताबाट मात्र पुराना आदर्श पुनर्जीवित हुन सक्छन्। नत्र, क्रान्तिका नाममा गरिएको राजनीति सत्ताको खेलमात्र बनिरहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार