spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
समाचारधनुषाको ललियामा अवकाश प्राप्त र कार्यरत कर्मचारीलाई सम्मान

धनुषाको ललियामा अवकाश प्राप्त र कार्यरत कर्मचारीलाई सम्मान

कार्तिक १९ जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ मा अवकाश प्राप्त र कार्यरत कर्मचारीलाई सम्मान कार्यक्रम आयोजना गरिएको छ ।

माध्यमिक विद्यालयमा आयोजन गरिएको गैर–राजनीतिक एवम् विशुद्ध सरकारी कर्मचारी, जेष्ठ कर्मचारी, अवकाश प्राप्त कर्मचारी सम्मान कार्यक्रममा ९३ जना कर्मचारी सहभागी भए ।

- Advertisement -

वडाध्यक्ष सुरेन्द्र कुमार मण्डलको अध्यक्षता तथा सोही गाउँका सबभन्दा जेष्ठ अवकाश प्राप्त कर्मचारी शंकर मण्डलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत मन्तव्य श्री माध्यमिक विद्यालय ललियाका शिक्षक दिपनारायण ठाकुरले दिएका थिए भन्ने कार्यक्रम संचालन आधारभूत विद्यालय तारापट्टीका प्रधानाध्यापक बिरेन्द्र कुमार मण्डलले गरेका थिए ।

सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा श्री मा.बि. ललियाका प्रधानाध्यापक अजय कुमार यादव , लेखापाल राजकिशोर साह , शिक्षक राम गुलाम यादब , चन्द्रहंस मण्डल , लाल बाबू मण्डल बिशिस्ट अतिथि : अवकाश प्राप्त कृषि अधिकृत भागिरथ यादव , तिलेश्वर मण्डल अवकाश प्राप्त शिक्षक, चन्देश्वर ठाकुर अवकाश प्राप्त शिक्षक , धनेश्वर ठाकुर अतिथि : अधिवक्ता उपेन्द्र साह नेपाल कृषि अनुसन्धान परिषद् अवकाश प्राप्त ना. शु . कृष्ण देव यादब, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी अजय साह, शिक्षक संजय साह, जोगबिर मंडल , राम देव मंडल, महादेव मण्डल, केदारनाथ मंडल, स्वास्थकर्मी शंकर मण्डल, अवकाश प्राप्त शिक्षक रामेश्वर यादब को विशेष उपस्थिति रहेको थियो ।

- Advertisement -

छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत राखिएको सो कार्यक्रममा अवकाश प्राप्त शिक्षक चन्देश्वर ठाकुर, धनेश्वर ठाकुरले मावि ललियामा बालबालिकाहरुको उपस्थितिप्रति दुःख प्रकट गर्दैै अभिभावकलाई चेतनाको कमि भएको सुझाए । उनीहरुले विद्यालयले आफ्नो तर्फबाट पूर्ण प्रयास गरेपनि अभिभावकले नै बालबालिका विद्यालय नपठाएकोप्रति चिन्ता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय वाणिज्य बैंक कर्मचारी अजय साहले नशा मुक्त समाज निर्माण गर्न बढी जोड दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार