spot_img
सोमबार, बैशाख ८, २०८२
सोमबार, बैशाख ८, २०८२
- Advertisement -spot_imgspot_img
समाचारपुर्ब मन्त्री यादवद्वारा मुजेलिया-धनुषाधाम सडक खण्डको निरीक्षण

पुर्ब मन्त्री यादवद्वारा मुजेलिया-धनुषाधाम सडक खण्डको निरीक्षण

असार २७, जनकपुरधाम । नेकपा ( माओवादी केन्द्र) का उप महासचिव तथा पुर्व मन्त्री मातृका प्रसाद यादव सहितको टोलीले बिहीबार मुजेलिया–धनुषाधाम सडक खण्डको निरीक्षण गरेको छ ।

- Advertisement -

पुर्ब मन्त्री यादव , सडक डिभिजन कार्यालय जनकपुरका डि.ई. अरुण कुमार लाल कर्ण ,  ईन्जिनियर दुर्गा साह , सुभाष तिवारी , सबैला नगरपालिकाका नगरप्रमुख कारीराम यादव ,नेकपा (माओवादी केन्द्र ) का जिल्ला संयोजक दिपक यादब , योङ्ग कम्युनिस्ट लिग धनुषाका जिल्ला ईन्चार्ज सरोज यादवलगायत नेता कार्यकर्ता , बुद्धिजीवी , समाजसेवी सहितको   टोलीले मुजेलिया –धनुषाधाम सडक खण्डको संयुक्त निरीक्षण गरेको हो ।

निरीक्षणपछि मन्त्री यादवले मुजेलिया-तारापट्टी – धनुषाधाम – धारापानी सडक खण्ड निर्माण कार्यमा धनुषाधाम बजार देखी धरापानी सम्मकाे सडक खण्डमा पर्ने जग्गा धनीहरुलाई मुआब्जाको लागि पहल गरिने बताएका छन् । सडक डिभिजन  कार्यालय जनकपुरधामका डि. ई. का अनुसार पुर्ब मन्त्री यादवको विशेष पहलमा यो सडक खण्डको  निर्माण कार्यको शुरूवात भएको बताएका छन् । उनले यो सडक खण्डको काम तीन चरणमा भइरहेको तथा  यसै  आर्थिक वर्षमा सम्पन्न हुने   जानकारी दिएका छन्  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार