spot_img
सोमबार, बैशाख ८, २०८२
सोमबार, बैशाख ८, २०८२
- Advertisement -spot_imgspot_img
समाचारमनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त , अहिलेसम्म ५ वटा...

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त , अहिलेसम्म ५ वटा शव भेटियाे

२६ असार, काठमाडौं । मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो ।

लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।

- Advertisement -

‘अहिलेसम्म ५ वटा शव भेटिएको छ । उनीहरुको पहिचान भएको छैन,’ उनले भने । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए । प्रहरीले घटनास्थलमा उद्धारको काम सुरु गरिसकेको उनले जानकारी दिए ।

मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो ।

- Advertisement -

अहिले दुर्घटनास्थलमा काठमाडौंबाट गएको अल्टिच्युड एयरको हेलिकप्टर पनि अवतरण गरेको छ ।  हेलिकप्टरमा उद्धारकर्मीहरू सवार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार