२०८२ बैशाख ०६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तोकिएको निषेधित क्षेत्र तोड्दै भोलि (आइतबार) काठमाडौंको बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेपछि गृह मन्त्रालयले कडा प्रतिक्रिया जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरुप्रति गम्भीर ध्यानाकर्षण भएको छ।”
गृह मन्त्रालयले संविधान र कानूनको उल्लंघन गर्दै समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ। मन्त्रालयले यस्ता कार्यमा संलग्न हुने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।
साथै, मन्त्रालयले हिंसात्मक, अराजक, उत्तेजक तथा गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबै पक्षलाई अनुरोध गरेको छ।
राप्रपाको प्रदर्शनको घोषणा र त्यसको प्रतिक्रियामा सरकारले
Thank you for your response. ✨
चालेको कडा भनाइले भोलिको दिन काठमाडौंको सुरक्षा अवस्था कस्तो रहने भन्नेमा आम जनताको चासो बढेको छ।
