Home समाचार सहमति कार्यान्वयन भएन: नगर अध्यक्ष सुनिल यादब

सहमति कार्यान्वयन भएन: नगर अध्यक्ष सुनिल यादब

0

२०८१ चैत ३० जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिका र नेकपा माओवादी केन्द्र हंसपुर नगर कमिटी बिच भएको सहमति कार्यान्वयन भएन ।

२०८१ चैत १० गते जिल्ला प्रशासन कार्यालय धनुषामा नगर प्रमुख प्रदीप यादव प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया जिल्ला प्रहरी कार्यालय धनुषाको प्रमुख भुनेश्वर तिवारी नगर उप प्रमुख दुर्गी देवी मण्डल वडा अध्यक्ष रामदेव कापर, जय नारायण कापडी र नगरकमिटीको अध्यक्ष सुनिल कुमार यादब, सुरेन्द्र मण्डल कार्यपालिका सदस्य राजेश सक्सेना माओवादी केन्द्र नगर कमिटीको अध्यक्ष सुनिल यादब सचीव हेम शंकर यादबहरु बसेर सहमति गरेका थिए ।

सहमतिमा वडा नम्बर ६ को सोनिगामा विद्यालयमा किता नम्बर २०० मा रहेको घर टहरा खाली गर्न सुचना प्रकाशन गर्ने निर्णय गरियो । २०८१ चैत ११ गते सूचना प्रकाशन गरियो तर सूचनामा तोकिएको समय सिमा सकिए पनि विद्यालयमा रहेको घर टहरा खाली भएको छैन । नगर प्रमुख प्रदीप यादबको सहमति लागू गर्ने मनसाय देखिएन । हामी बारम्बार नगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ताकेता गरियौ तर सहमति लागू भएन हामी कसरी बिश्वास गर्ने नगर अध्यक्ष यादवले बताए ।

हाम्रो अरु ३० बुन्दे मागहरूको हकमा १५ दिन भित्र सम्बोधन गर्ने सहमति भएको थियो अहिले सम्म केही भएको छैन । नगर प्रमुख आफैले गरेको सहमति लागू गर्न सकिदैन भन्ने हामी बाध्य भएर फेरि आन्दोलनको शुरुआत गर्छौ त्यसको जिम्मेवार स्वयम् नगर प्रमुख हुनेछ ।

नेकपा माओवादी केन्द्र हंसपुर नगर कमिटीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेर धर्ना दिई रहेका थिए ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version