Home समाचार हरेक दिन योग र ध्यान गरेरमात्र काम सुरु गर्न गृहको पत्र

हरेक दिन योग र ध्यान गरेरमात्र काम सुरु गर्न गृहको पत्र

0

असोज १० काठमाडौं : गृह मन्त्रालयले मन्त्रालय, उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च-तहसम्मका कर्मचारीहरुलाई कार्यालयमा हाजिर भएपछि हरेक दिन योगाभ्यास-ध्यान गरेर मात्र काम सुरु गर्न परिपत्र गरेको छ ।

मन्त्रालयले महाशाखाका अधिकृतस्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्यरुपमा कम्तिमा १५ मिनेट समय ध्यान गरेर मात्र कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाउन मन्त्रालयका उपसचिव भीमकान्त शर्माले आग्रह गरेका छन् ।

त्यस्तै, अन्य कर्मचारीहरुलाई योग प्रशिक्षण प्रदान गरीसकेपछि सोही अनुरुप योगरध्यान गर्ने व्यवस्था र वातावरण बनाउन पनि महाशाखाहरुलाई आग्रह गरिएको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version