काठमाडौँ, १ असोज २०८२ :- नेपाल सरकार गृहमन्त्रालय अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौँले राजधानीका सबै सुनचाँदी पसल, व्यापारी तथा सर्वसाधारणलाई बिल–बीजक बिना गरगहना वा बहुमूल्य सरसामान किनबेच नगर्न आग्रह गरेको छ।
प्रहरीका अनुसार २०८२ भदौ २३ र २४ गते Generation Z (जेन–जी) ले आह्वान गरेको प्रदर्शनका क्रममा सरकारी कार्यालय, बैंक वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान तथा व्यक्तिगत घर/भवनमा आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए। सो क्रममा बहुमूल्य गरगहना, सुन, चाँदी, हिराजवाहरत तथा अन्य सरसामान चोरी भएको विवरण प्रहरीलाई प्राप्त भएको छ।
प्रहरीको आशंका छ कि चोरी भएका यी गरगहना राजधानीका विभिन्न सुनचाँदी पसल वा व्यक्तिहरू मार्फत बिक्री गर्ने प्रयास हुन सक्छ। त्यसैले बिल भरपाई विना सुनचाँदी किन्ने वा बेच्ने कार्य नगर्न, यस्ता सामग्रीबारे कुनै जानकारी भएमा तुरुन्त प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ।
सूचना उल्लङ्घन गरी यस्ता आपराधिक कार्यमा संलग्न पाइएमा प्रचलित कानुन अनुसार कडा कारबाही हुने प्रहरीले जनाएको छ।