Home समाचार सुदन गुरुङको पत्रकार सम्मेलनमा भाँडभैलो

सुदन गुरुङको पत्रकार सम्मेलनमा भाँडभैलो

0

२०८२ भदौ २९, काठमाडौं :- आफूलाई जेनजी समूहको अगुवा बताउँदै आएका ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक सुदन गुरुङले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा भाँडभैलाे भएकाे छ ।

आइतबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले राष्ट्रपति कार्यालयमा वार्ता चल्दाको वृत्तान्त सुनाउन थाले । वार्ताको वृत्तान्त सुनाउने क्रममा उनले आफूहरूको माग पूरा नभए यो सरकार पनि ढाल्ने चेतावनी दिए ।

यसै क्रममा पत्रकारहरूले गुरुङमाथि जिज्ञासा राखे । सोही क्रममा गुरुङले उत्तेजित हुँदै पत्रकारमाथि नै धम्कीपूर्ण भाषा प्रयोग गरेपछि पत्रकार सम्मेलनमा भाँडभैलो भएको हो ।

पत्रकारहरूमाथि धम्कीपूर्ण भाषा प्रयोग भएपछि पत्रकारहरू पनि गुरुङमाथि खनिए । सोही क्रममा दुवै पक्षबीच धकेलाधकेल भएको हो ।दुवै पक्षबीच धकेलाधकेल भएपछि पत्रकार सम्मेलन कक्ष तनावग्रस्त बनेको थियो ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version