Home समाचार उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले पूर्वी युरोपमा थप सैनिक पठाउने

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले पूर्वी युरोपमा थप सैनिक पठाउने

0
US Marine carries cold weather equipment as he begins to march across the Icelandic terrain. US Marines with the 24th Marine Expeditionary Unit (MEU) are in Iceland preparing for NATO’s Exercise Trident Juncture 2018. The main phase of Trident Juncture will start in Norway on October 25. The exercise will bring together around 50,000 personnel from all 29 Allies plus partners Finland and Sweden.

 

एजेन्सी-उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले पूर्वी युरोपमा थप सैन्य पठाउने जानकारी गराएको छ । नेटोका महासचिव जेन्स स्टोल्टबर्गले पूर्वी युरोपमा थप सैनिक पठाउने विषयमा कुराकानी भइरहेको र सम्भवतः नेटो आबद्ध देशहरूले यसलाई सहमति प्रदान गर्ने बताउनुभयो ।

नेटोको आसन्न सम्मेलनको पूर्वसन्ध्यामा ब्रसेल्समा अयोजित एक पत्रकार सम्मेलनमा उहाँले याे धारणा राख्नुभएको हो । उहाँले अहिले युक्रेनमा रुसले जारी राखेको आक्रमणलाई पनि मध्यनजर राख्दै पूर्वी युक्रेनमा थप सैनिकको आवश्यकता रहेको आफ्नो विचार व्यक्त गर्नुभयो ।

उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘मलाई लाग्छ अहिले पूर्वी युरोपमा थप सैनिक आवश्यकता छ, यो योजनालाई हामीले प्रस्तुत गर्नेछौँ र नेटो आबद्ध देशहरूले यसलाई समर्थन गर्नुहुने छ ।’

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version