Home समाचार शिक्षकहरूको आन्दोलनमा सबैला नगरपालिकाको समर्थन

शिक्षकहरूको आन्दोलनमा सबैला नगरपालिकाको समर्थन

0

२०८२ चैत २५ जनकपुरधाम : शिक्षकहरूको आन्दोलनमा सबैला नगरपालिकाको समर्थन जनाएको छ । नगरपालिकाका मेयर कारी राम यादबले सोमबार विज्ञप्ति जारी गर्दै शिक्षकहरूको आन्दोलनमा समर्थन जनाएका हुन् ।

मेयर यादवले नेपाल सरकारले विगतमा शिक्षक तथा कर्मचारीहरुसंग गरेको सहमतिका जायज मागहरु सम्बोधन हुने गरी यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गराउन गरेको आन्दोलनमा समर्थन रहेको बेहोरा जनाउँदै शिक्षक कर्मचारीहरुको उच्च मनोबलका साथ कार्यक्षेत्रमा फर्कने वातावारण निर्माण गर्न नेपाल सरकार संग हार्दिक अनुरोध गरेका छन् ।

आन्दोलनलाई थप कडा बनाउँदै शैक्षिक हड्ताल गर्ने गरी आन्दोलन गर्ने निर्णय गरेको हुँदा सोही अनुसार सबैला नगरपालिकाका शिक्षक तथा कर्मचारीहरु पूर्णरुपमा शैक्षिक हड्ताल गरी काठमाण्डौं केन्द्रित अनिश्चित कालिन सडक आन्दोलनमा गएको हुँदा विद्यालयका नियमित कामकाज, शैक्षिक कार्यक्रम लगायत आगामी शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान समेत प्रभावित हुने भएको छ ।

‘नेपाल शिक्षक महासङ्घले जारी राखेको आन्दोलनप्रति शिक्षकहरूको आन्दोलनमा सबैला नगरपालिकाको समर्थन रहेको छ ।’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘शिक्षक तथा विद्यालय कर्मचारीहरूसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गर्दछौँ ।

विद्यालय शिक्षा ऐन जारी गराउन गरेको आन्दोलनमा समर्थन रहेको बेहोरा जनाउँदै शिक्षक कर्मचारीहरुको उच्च मनोबलका साथ कार्यक्षेत्रमा फर्कने वातावारण निर्माण गर्न नेपाल सरकार संग हार्दिक अनुरोध गरेका छन् ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version