२०८१ चैत २५ जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकामा नेकपा माओवादी केन्द्र नगर कमिटीले कार्यालय ताला बन्दी गरेका छन् ।
धनुषाधाम नगरपालिकाको कार्यालय नव निर्मित भवनमा सारी पर्यटको लागि धर्मशाला खाली गर्नु पर्ने । धनुषाधामको प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक सेवा तुरुन्त सुचारु गरि नगर भरिका नागरिकमा स्वास्थ सेवा औषधि स्वास्थकर्मी र एम्बुलेन्स सेवा सर्भसुलभ तरिकाले समयमा उपलब्ध गराउनु पर्ने । विद्यार्थीको आधारमा शिक्षक दरबन्दी मिलान गरि शिक्षामा देखिएका अनियमितता, अपारदर्शीता खस्किदै गएको शिक्षा स्तरमा सुधारको लागि अबिल्म पहल गर्नु पर्ने । आन्तरिक आम्दानीको स्रोत बढाउन बालुवा खोलाको ठेक्का समयमा लगाउनु पर्ने जस्ता माग राखी फाल्गुन १ गते नगर प्रमुख बालेश्वर मण्डललाई ११ बुन्दे ज्ञापनपत्र बुझाएका थिए ।
हामीहरु अहिले पनि वार्ताको लागि तयार रहेको तर नगर प्रमुखको जिद्दीको कारणले वार्ता सफल हुन सकिरहेको छैन । हामिहरुलाई कार्यपालिकाको बैठकवाट निर्णय गराएर समय दिदा हामीहरु ताला खोली दिन्छौ । नेकपा माओवादी केन्द्रका मेयर प्रतियासी दिपक यादबले भनेका छन् । हाम्रो माग जनताको हितमा रहेका छन् ।