Home समाचार मिथिला बिहारी र धनुषाधाममा नेकपा माओवादी केन्द्रको नगर कमिटी बैठक सम्पन्न

मिथिला बिहारी र धनुषाधाममा नेकपा माओवादी केन्द्रको नगर कमिटी बैठक सम्पन्न

0

भदौ १३,धनुषा :-  नेकपा माओवादी केन्द्रको मिथिला बिहारी नगरपालिका र धनुषाधाम नगरपालिकाको संयुक्त बैठक सम्पन्न भएको छ ।


‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ माओवादी केन्द्रले देशैभरि एकैपटक ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु गर्दैछ । त्यही अनुरुप माओवादी केन्द्रले धनुषाको सबै स्थानीय तहहरुमा पनि अभियानको तयारी थालेको हो ।

 

धनुषाको धनुषाधाम नगरपालिकामा बसेको बैठकमा प्रमुख अतिथि केन्द्रिय अनुशासन आयोगको सदस्य शशि कला दाहाल बिशिस्ट अतिथि प्रदेश कमिटी सदस्य झल्कु यादव रहेको थियो ।

मिथिला बिहारी नगर कमिटीको अध्यक्ष प्रदीप साहको अध्यक्षतामा सम्पन्न भएको बैठकमा धनुषाधाम नगर कमिटीका अध्यक्ष बिशनि यादवले स्वागत मन्तव्य मिथिला बिहारी नगर कमिटीको सचीव संजय शर्माले सरकुलर पढेर सुनाएका थियो भन्ने बैठकको संचालन धनुषाधाम नगरपालिकाको नगर सचिव उदय यादबले गरेको थियो ।

 

बैठकले धनुषाधाम नगरपालिका र मिथिला बिहारी नगरपालिकाको १९ वटा वडामा १६ गते उद्घाटनको लागि वडा कमिटी अध्यक्षहरुलाई जिम्मेवारी तोकिएको छ ।

 

बैठकले अभियानलाइ तीन चरणमा सम्पन्न गर्ने उनले बताए । उनका अनुसार भदौ १ देखि १५ सम्म आन्तरिक तयारी, १६ गते उद्घाटन र २५ गतेसम्म वामअप तथा भदौ २६ देखि मंसिर १५ सम्म निरन्तरताको चरण भनिएको छ ।

 

बैठकमा केन्द्रिय अनुशासन आयोग सदस्य शशिकला दाहालले पार्टी सत्ता, राज्य सत्ता र सामाजिक सत्तालाइ एक अर्कामा जोडदै सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सफल पार्न जनतासँग एकाकार गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताइन् ।

अभियानका क्रममा मिथिला बिहारी नगरपालिका र धनुषाधाम नगरपालिकाको १९ ओटै वडाहरुमा पार्टीको संगठन सुदृढ एबं विस्तार गर्ने, पार्टी सदस्यहरुलाई परिचालन गरि र जनताको घरघरमा पुग्ने उनले बताइन् ।

बैठकमा पार्टीका दुई ओटै नगरपालिकाका वडा कमिटीका अध्यक्ष , निर्वाचित जनप्रतिनिधि , नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version