भदौ ६, सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नापी कार्यालय, लहानमा कार्यरत अमिन दिपरन्जन यादवलाई १० हजार घुससहित पक्राउ गरेको छ ।
जग्गाधनि पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले १० हजार नगदसहित पक्राउ गरेको हो ।
अमिन यादब सिरहाको लहान स्थित नापी कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयल जनाएको छ ।