भदौ १४, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य ४ रुपैयाँ तथा डिजेल , क मट्टितेलको मूल्य ३ र खाना पकाउने एल पि ग्यासमा २३५ रुपैयाँले बढाएको हो ।
निगम सञ्चालक समिति बैठकले मिति २०८०/०५/१५ शुक्रबार राति १ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७९.५० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६७.५ रुपैयाँ प्रतिलिटर र खाना पकाउने एल पि ग्यासको मुल्य १८९५ कायम भएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।