Home समाचार नेपाली काँग्रेसका कार्यकर्ताद्वारा ताला तोडियोः दिपक यादव

नेपाली काँग्रेसका कार्यकर्ताद्वारा ताला तोडियोः दिपक यादव

0

नगरपालिकाको एकतन्त्रिय कार्यशैलीको विरोध जनाउँदै माओवादी केन्द्रले चैत २२ गते प्रमुख प्रशासकीय अधिकृत र पूर्वाधार व्यवस्थापन शाखामा ताला लगाएको थियो ।

नगरपालिकामा माओवादीद्वारा लगाइएको ताला काँग्रेस, एमाले र जसपा नेपालका कार्यकर्ताहरुले तोडेको माओवादीबाट मेयरका प्रत्यासी समेत रहेका दिपक यादवले जनाए ।

नगरकार्यपालिकाको कार्यशैलीको विरोधमा लगाएको ताला यी ३ दलका कार्यकर्ताहरुले तोड्नुले यी तिनै दल नगरपालिकामा भ्रस्टाचारलाई बढाबा दिएको उनको भनाइ छ ।

वडा नं. १ का वडाअध्यक्षद्वारा लगाइएको ताला जनताले तोडेको मेयरले एक भिडियोमा बताएको छ ।

वडाअध्यक्षले ड्राइभिङ प्रशिक्षणमा आफ्नो मान्छे नसमेटेको भनेर तालाबन्दी गरेको मेयरले स्वीकारेको छ । १४ जनालाई प्रशिक्षण दिनुपर्नेमा सबै वडा र मेयरले सिफारिस गरेको व्यक्तिलाई सहभागी गराइएको छ ।

तर, त्यस भिडियोमा प्रस्टै हेर्न सकिन्छ, काँग्रेस, एमाले र जसपाका वडाअध्यक्षहरुको संलग्नता छ । यी तिन दलकै मिलिभगतमा नगरकार्यपालिकामा प्रतिपक्षीको भूमिका देखाइरहेका माओवादी केन्द्रबाट निर्वाचित वडाअध्यक्षले लगाएको ताला तोडिएको छ ।

सामाजिक सञ्जालमा देखिएका ती भिडियोमा काँग्रेसका नेता कार्यकर्ताहरु प्रत्यक्ष रुपमा देखिएका छन् । तर, मेयरले सेवा लिन आएका सेवाग्राहीले ताला तोडेको बताएका छन् ।

नगरपालिकाका मेयर बालेश्वर मण्डल र उपमेयर विद्यादेवी भूजेल करिब ८ वर्षदेखि नगरपालिकाको मेयर र उपमेयर पदमा पदासिन छन् ।

यसअघि फागुन १ गते ११ बुँदे माग राखी माओवादी केन्द्र नगरकार्यकापालिकाको ध्यानाकर्षण गराएका थिए । फागुन ११ गते मेयर र माओवादीबीच ती मागहरु सम्बोधन गर्न सहमति भएको थियो ।

८ वर्षदेखि एउटै व्यक्ति मेयर भएरपनि धनुषाधाममा रहेको धनुषधर्मशालामाकार्यकापालिकाको कार्यालय राखिराखेकोप्रति माओवादीले आपत्ति जनाएको छ ।

धर्मशाला खाली गर्नुपर्ने माग यहाँका सबै नागरिकको माग हो । त्यसैले यथाशिघ्र आफ्नै भवनमा नगरपालिकाको कार्यालय सार्न माओवादीले सुझाव दिएको बताइएको छ ।

यता, नगरपालिकामा भ्रस्टाचार मौलाएको भनेर वडाअध्यक्ष सुनिल कापरले विपक्षी पार्टी मौन रहेको भन्दै तालाबन्दी गरेका थिए ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version