२०८१ चैत २६ जनकपुरधाम : नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेश सभाको बैठकलाई सम्बोधन गर्न आज मंगलवार जनकपुरधाम आउन लागेका छन् ।
मधेश प्रदेश सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने र त्यसपछि सभाले धन्यवाद प्रस्ताव पारित गर्ने दुईवटा कार्यसूची रहेको छ । सभासदहरुलाई बिहान १० बजे प्रदेश सभामा बोलाइएको छ ।