Home समाचार धनुषाकाे हंँसपुर नगरपालिकामा तालाबन्दी

धनुषाकाे हंँसपुर नगरपालिकामा तालाबन्दी

0

जेष्ठ६, जनकपुरधाम । धनुषाको हंँसपुर नगरपालिकामा तालाबन्दी गरिएको छ ।
हंसपुर नगरपालिका वडा नम्बर ६ मा संचालित जनता रा. प्रा. वि. सोनिगामाको कम्पाउन्ड भित्र अतिक्रमण गरी बनाएको घर तथा टहरा खाली नहुदा आक्रोशित सर्बसाधारणहरुले वडा अध्यक्षको नेतृत्वमा तालाबन्दी गरेको छ ।

सर्वसाधारणले विभिन्न नारा सहितको प्लेकार्ड बोकेर विद्यालय कम्पाउन्ड खाली गराउन प्रदर्शन गरेका छन् । नगर प्रमुखले चासो नलिएका कारण हामिहरु नगरपालिकामा बाध्य भएर तालाबन्दी गरेकाछौं वडा अध्यक्ष सुरेन्द्र मण्डलले जनाएका छन् ।


अदालत र कार्यपालिकाबाट समेत विद्यालय कम्पाउन्ड खाली गराउन निर्णय भइसकेको तर पनि नगर प्रमुखको दोहाेरो भुमिकाले खाली हुन नसकेको आरोप स्थानीयहरुले लगाएका छन् ।
भोलि ७ गते सम्म विद्यालय कम्पाउन्ड खाली नभए चरणबद्ध आन्दोलन गर्ने समेत जानकारी गराएका छन ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version