Home समाचार डिजेल र मट्टितेलको मूल्य ३० रूपैयाँले बढ्यो, पेट्रोलको यथावत

डिजेल र मट्टितेलको मूल्य ३० रूपैयाँले बढ्यो, पेट्रोलको यथावत

0

२०८३ बैशाख ०२, काठमाडौँ– सरकारले डिजेल र मट्टितेलको मूल्य ३० रूपैयाँले बृद्धि गरेको छ भने पेट्रोलको मूल्य भने यथावत राेखेको छ।

बिहीबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ। निगमकाअनुसार भारतबाट मूल्य बढेर आएकाले मूल्य बढाउनु परेको हो।

मूल्य बढेसँगै अब डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गका लागि २३४.५०, दोस्रोका लागि २३६ र तेस्रो वर्गका लागि  २३७ पुगेको छ। मूल्य समायोजन भए पनि अझै डिजेलमा ९९.१६ रूपैयाँ घाटा रहेको निगमले जनाएको छ।

यस्तै हवाई इन्धन पनि आन्तरिकतर्फ रू. पाँचले बृद्धि भएको छ। मूल्य बृद्धि भएसँगै हवाई इन्धनको मूल्य प्रतिलिटर रू. २५६ पुगेको छ। पेट्रोल भने यसअघिकै २१६.५० रूपैयाँ नै कायम रहेको छ।

यसरी मूल्य बढाइए पनि अझै पाक्षिक (१५ दिनमा) निगमलाई ५ अर्व ७५ करोड घाटा हुने देखिएको विज्ञप्तिमा जनाइएको छ।

सरकारले यसअघि पछिल्लोपटक चैत २६ गते पेट्रोलिय पदार्थको मूल्य बढाएको थियो। त्यतिबेला पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि भएको थियो।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version