Home समाचार मिथिला बिहारी नगरपालिकामा जनप्रतिनिधिहरुले गरे तालाबन्दी

मिथिला बिहारी नगरपालिकामा जनप्रतिनिधिहरुले गरे तालाबन्दी

0

माघ २१,जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिकामा जनप्रतिनिधिहरुले तालाबन्दी गरेका छन् ।

२०८० बैशाख ११ गते विभिन्न पदको लागि करार कर्मचारी भर्नाको लागि बिज्ञापन गरेको थियो । दश महिना बितिसकेको भएपनी नगर प्रमुखले नतिजा प्रकाशन गर्न दिएको छैन । भर्ना प्रक्रियाको नतिजा प्रकाशन नभएको कारणले नगरपालिकामा रहेको एम्बुलेन्स , जे सि बि लगायत अन्य सवारीसाधनहरु कवारमा परिणत भैरहेको छ । वडा नम्बर ८  वडा अध्यक्ष जिवछ यादवले जानकारी गराएका छन् ।

१० वटा वडा रहेको मिथिला बिहारी नगरपालिकामा एउटा पनि वडामा कार्यालय सहयोगी छैन । कार्यालय सहयोगी नभएको कारणले वडा विभिन्न कार्यसम्पादनमा समेत प्रभाव परेको वडा नम्बर ९ का वडा अध्यक्ष बिन्देश्वर यादवले भने नगर प्रमुखलाई २ महिना देखि बारम्बार ताकेता गर्दा पनि नतिजा प्रकाशन नगरे पछि बाध्यता बस तालाबन्दी गर्नु परेको छ ।

तालाबन्दी पछि जनप्रतिनिधिहरु कार्यालयको मुलगेट बसि धर्ना दिएका छन । धर्नामा वडा नम्बर २ का वडा अध्यक्ष सुरेश मण्डल वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण कुमार बसन्त वडा नम्बर ५ का वडा अध्यक्ष सुरेन्द्र मण्डल वडा नम्बर ६ का वडा अध्यक्ष बिमरोश यादब वडा नम्बर ८ का वडा अध्यक्ष जिवछ यादब वडा नम्बर ९ का वडा अध्यक्ष बिन्देश्वर यादब कार्यपालिका सदस्य राम उदगार दास लगायत जनप्रतिनिधिहरु रहेका छन् ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version