नेपालको संविधानको धारा १९७ बमोजिम उक्त ऐन बनाइएको जनाइएको छ । प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएपछि मधेस प्रदेशमा पारित हुने विधेयकको संख्या ४४ पुगेको छ । प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले रूलिङ गरेपछि बैठकमा मन्त्रीहरुले सदनमा उठेको प्रश्नको जवाफ दिएका थिए ।