Home समाचार मिटरब्याज सम्बन्धि विधेयक पारित भएमा मधेसमा खुसियाली

मिटरब्याज सम्बन्धि विधेयक पारित भएमा मधेसमा खुसियाली

0

१ साउन, जनकपुरधाम । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा मिटरब्याज पीडितले जनकपुरमा र्‍याली निकालेका छन्  ।

सरकारले बनाएको कानुन कार्यान्वयन गर्न माग सहित  पीडित संघर्ष समितको आयोजनामा धनुषा, महोत्तरी र सिरहाका पीडितहरूले र्‍याली निकालेका हुन् ।

जनकपुरको बाह्रविघा मैदानबाट सयौं पीडितको संख्यामा निस्कको र्‍याली रामानन्दचौक, पीडारीचौक, थापाचौक, मधेश भवन एरिया, मिल्स एरिया, भानुचोक, शिवचौक हुँदै जनकचोकमा कोणसभामा परिणत भएको थियो ।

संघर्ष समितिका मधेश प्रदेश संयोजक मनोज पासवानले सदनबाट मिटरब्याजविरुद्ध सम्बन्धी विधेयक पास हुनु मिटरब्याज पीडितको ठूलो सफलता भएको बताए ।मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारले गरेको प्रयास सराहनीय रहेको उनको भनाइ छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन विधेयक–२०८० संशोधनसहित पास गरेको हो । जसमा  मिटरब्याजलाई अनुचित लेनदेन मान्दै कारबाही गर्ने व्यवस्था गरिएको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version