Home समाचार आर्थिक २५४२ अंकमा झऱ्यो नेप्से ,२ अर्ब ५४ करोड रुपैयाँको कारोबार

२५४२ अंकमा झऱ्यो नेप्से ,२ अर्ब ५४ करोड रुपैयाँको कारोबार

0

काठमाडौँ — सोमबार पनि सेयर बजारको परिसूचक नेप्से घटेको छ । यस दिन सबै उपसमूह घटेका छन् । परिसूचक नेप्से करिब ३० (२९.९८) अंक घटेर २५४२ मा कायम भएको छ । २१ कम्पनीको मात्रै मूल्य बढ्यो । १६७ कम्पनीको मूल्य घट्दा ५ को स्थिर रह्यो ।

कुल २ अर्ब ५४ करोड रुपैयाँको कारोबार भयो । बैंकिङ ८, ब्यापार ६०, होटल तथा पर्यटन २४, विकास बैंक ७५, जलविद्युत् २४, फाइनान्स ४९, निर्जीवन बीमा २५२, उत्पादन ८४, माइक्रोफाइनान्स ४० र जीवन बीमा ३४२ अंकले घटे ।

राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै नेस्डो लघुवित्तको मूल्य ६ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा जीवन विकास लघुवित्त, अपि पावर, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमश: अगाडि रहे । धेरै मूल्य घट्नेमा आईसीएफसी फाइनान्स, सानिमा लाइफ, ज्योति लाइफ, ग्रीनलाइफ हाइड्रो रहे । यी कम्पनीको मूल्य ४.३ देखि ४.८ प्रतिशतसम्म घटेको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version