Home समाचार जनकपुरधामको रुपैठ बेल्ही परीक्षा केन्द्रमा शान्त र मर्यादित वातावरण परिक्षा संचालन

जनकपुरधामको रुपैठ बेल्ही परीक्षा केन्द्रमा शान्त र मर्यादित वातावरण परिक्षा संचालन

0

२०८२ बैशाख २९ जनकपुरधाम : धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–२० मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय (प्राविधिक तथा व्यवसायिक शिक्षा), रुपैठ बेल्ही परिक्षा केन्द्रमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षा शान्तिपूर्ण तथा मर्यादित तरिकाले सम्पन्न भैरहेको छ।

परीक्षा केन्द्रमा विद्यार्थीहरूले निर्धक्क वातावरणमा परीक्षा दिइरहेका छन् भने परीक्षा सञ्चालन प्रक्रियामा कुनै अवरोध देखिएको छैन। केन्द्राध्यक्ष धिरेन्द्र चौधरीको संयोजनमा परीक्षा व्यवस्थापन निकै अनुशासित र व्यवस्थित देखिएको छ।

परीक्षा अनुगमनको क्रममा राष्ट्रिय परीक्षा बोर्ड, जनकपुरधाम कार्यालयका प्रमुख दया राय स्वयं उपस्थित भई परीक्षा प्रक्रिया अवलोकन गर्नुभएको थियो। उहाँले केन्द्रको व्यवस्था र शान्तिपूर्ण वातावरणप्रति सन्तुष्टि जनाउँदै परीक्षामा संलग्न सम्पूर्ण शिक्षक, कर्मचारी तथा सुरक्षाकर्मीप्रति आभार व्यक्त गर्नुभयो।

जनकपुरधाम उपमहानगरपालिका-२० स्थित यस परीक्षा केन्द्रबाट जनकपुरधामका प्रतिष्ठित शैक्षिक संस्था मोडल मल्टिपल कलेज र धनुषा साइन्स क्याम्पसका  विद्यार्थीले कक्षा १२ को परीक्षा दिइरहेका छन्। स्थानीय समुदाय र विद्यालय प्रशासनको समन्वयले परीक्षा सुरक्षात्मक र मर्यादित बनाएको जनाइएको छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version