Home समाचार अत्यधिक गर्मीले मिथिला बिहारी नगरपालिका दुई विद्यार्थी बेहोस

अत्यधिक गर्मीले मिथिला बिहारी नगरपालिका दुई विद्यार्थी बेहोस

0

जेष्ठ १६, जनकपुरधाम : गर्मीका कारण धनुषाको मिथिला बिहारी नगरपालिका-३ मिथिलेश्वर मौवाहीस्थित श्री माध्यमिक बिधालयका दुई विद्यार्थी बेहोस भए ।

कक्षा-८ मा अध्यनरत छात्रा माला कुमारी मण्डल र कक्षा ५ मा अध्यनरत कुशल रजक कक्षा संचालन रहेको अवस्थामा बेहोस भएका थिए । विद्यालय प्रशासनले तत्कालै उनलाई कक्षाबाट बाहिर ल्याई प्रारम्भिक उपचार गरे । केही बेरपछि उनी होसमा आए  जानकारी शिक्षक संतोष मण्डलले जानकारी गराए ।

तापक्रम दैनिक रूपमा बढदै गएपछि विद्यार्थी बेहोस हुने, टाउको दुख्ने, तनावमा पर्ने जस्ता लक्षण देखिन थालेका छन् । जिल्लाका धेरै विद्यालयमा टिनको छानो भएको घर तथा बिनापंखामा विद्यार्थी अध्ययन गर्नुपर्दा समस्या झनै थपिएको छ ।
धनुषा जिल्लाका सबै विद्यालयमा अत्यधिक गर्मीबीच अध्ययन अध्यापन भइरहेको छ । ‘अहिले गर्मी खपिनसक्नुभएको छ,। मिथिला बिहारी नगरपालिका एक अभिभावकले भने, ‘यो मौसम विद्यार्थीका लागि पढ्ने खालको होइन, विद्यार्थी तनावमा गएर पढ्न सक्दैनन् ।’
विद्यालय सञ्चालन गर्नु बाध्यता भएको एक जना प्रधानाध्यापकले बताए । स्थानीय सरकारले बिदा नदिए बिधालय संचालन गर्नु हाम्रो बाध्यता रहेको सुनाए ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version