चैत १८, जनकपुरधाम : धनुषाको मिथिला विहारी नगरपालिकामा तालाबन्दी भएको छ । नगरपालिका दशवटै वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।
गत ६ गते २१ बुदे माग राखि वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले ज्ञापन पत्र बुझाएका थिए ।
नगरपालिका भित्र विगत देखि सम्पूर्ण शाखावाट बजेट संचालनमा आलटाल गरी विभिन्न बाहाना गरी अवरोध सृजना गरी रहेको साथ साथै बजेट समेत फ्रिज गर्दै आईरहेको र जनाताको दैनिक सेवा प्रवाहमा पनि गुणात्मक प्रगति नदेखिएको तथा नगरपालिकालाई पूर्ण रुपमा असफल बनाउने सम्भावना देखिएको यस नगरपालिकालाई व्यवस्थित , जनमुखि र जनचाहना अनुसार बनाउनको लागि सात दिने अलटिमेटम दिएको थियो ।
माग पुरा नभएपछि बाध्यताबस तालाबन्दी गर्नु परेको वडा नं. ७ का वडा अध्यक्ष संजय कुमार शर्माले जानकारी दिनु भयो ।