Home समाचार शैक्षिक गुणस्तर सुधार गर्न शैक्षिक सिकाइ मेला

शैक्षिक गुणस्तर सुधार गर्न शैक्षिक सिकाइ मेला

0

माघ,५जनकपुरधाम : धनुषाको विहारी नगरपालिकाको सहकार्यमा टिच फोर नेपाल मिथिला क्लस्टर द्धारा आयोजित मिथिला शैक्षिक सिकाई मेला २०८० मिथिला विहारी नगरपालिका-७ मा संचालित सामुदायिक विद्यालय श्री पारवती अनारवती तेतरीवती आधारभूत विद्यालय तारापट्टीमा सम्पन्न भएको छ ।

सिकाइ निरन्तर अभियान अन्तर्गत शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि वि‍द्यार्थीहरूलाई भौतिक ज्ञान बढाउने र अभिभावक वि‍द्यार्थीहरूमा आआफ्नो जिम्मेवारीको बोध गराउने उद्देश्यले मेलाको आयोजना गरिएको गरिएको थियो ।

शैक्षिक सिकाई मेलामा मिथिला विहारी नगरपालिका मा.वि. ललिया, मा.वि. कजरा रमौल, मा.वि. परशुराम तलाउ , मा.वि. मिथिलेश्वर मौवाही , मा.वि. सिरसिया, आ.वि. तारापट्टी, मा.वि. कचुरी गरी जम्मा ७ वटा सामुदायिक विधालय सहभागी रहेको मेलामा जम्मा ३२ ओटा स्टलहरु राखिएको थियो ।

स्टलमा विद्यार्थीहरुले श्रृजना गरी बनाइएका विविन्न किसिमका कला कृति , शैक्षिक सामग्री, गाउँसमाजमा प्रयोग हुने सामग्री ,लगायताका सामग्रीहरु शैक्षिक सामग्रीको प्रदर्शनी स्टक, घरमा अभिभावको जिम्मेवारी, पढ्ने पढाउने तरिका, सामाजिक सञ्जालको दुरुपयोग, मनोरञ्जनात्मक नाटक, नृत्य र विद्यार्थीको अनुशासनसम्बन्धी जानकारी प्रस्तुत गरिएको थियो ।

विद्यार्थीको भौतिक ज्ञान बढाउन विद्यार्थी तथा अभिभावकलाई आ–आफ्नो जिम्मेवारी बोध गराउन मेला आयोजना गरिएको उहाँको भनाइ छ ।

शैक्षिक सिकाई मेलामा प्रमुख अतिथि नगर प्रमुख राजेन्द्र प्रसाद यादव विशिष्ट अतिथि नगर उप प्रमुख शोभा देवी साह प्रमुख प्रसाशकिय अधिकृत राम दरश यादव , टिच फोर नेपालका सिइओ स्वस्तीका श्रेष्ठ अतिथिहरुमा मिथिला विहारी नगरपालिकाको वडा नं. ४ को वडा अध्यक्ष प्रदिप यादव,वडा नं. ५ का वडा अध्यक्ष सुरेन्द्र कुमार मण्डल, वडा नं. ६ का वडा अध्यक्ष बिमरोश यादव, वडा नं. ८ का वडा अध्यक्ष जिवछ यादव, कार्यपालिका सदस्य तथा समाजिक विहास समितिका संयोजक राम उदगार दास शिक्षा शाखा प्रमुख रिमा झा टिच फोर नेपालका कम्यूनिटी लाईजिन माइनेजर खिका प्रसाद नेपाल अंग्रजी प्रशिक्षक निमी बस्नेत एल डि सि भूमि राणा मगर रहेका थिए ।

शैक्षिक सिकाई मेला मिथिला बिहारी नगरपालिकामा पहिलो चोटि आयोजना गरिएको थियो । सिकाई मेलामा बोल्दै प्रमुख अतिथि, बिशिस्ट अतिथि तथा अतिथिहरु शिक्षामा सब भन्दा बढी जोड दिनुपर्ने यस्तो मेला अगामी दिनमा अमेत आयोजना गर्नु पार्ने कुरामा जोड दिएका थिए ।

शैक्षिक सिकाई मेला कार्यक्रम पारवती अनारवती तेतरीवती अधारभुत विद्यालयका प्रधानाध्यापक बिरेन्द्र कुमार मण्डलको अध्यक्षता, टिच फोर नेपालका फेलो शिक्षक अर्पण मैनाली , प्रविना श्रेष्ठले संचालन गरेका थिए ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version