Home समाचार मधेश सरकारको ०८०/०८१ को बजेट ४४ अर्व ११ करोड ४६ लाख ३२...

मधेश सरकारको ०८०/०८१ को बजेट ४४ अर्व ११ करोड ४६ लाख ३२ हजार

0

असार १ ,  जनकपुरधाम :-  मधेस सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोेड ४६ लाख ३२ हजारको बजेट बिनियोजन गरेको छ । शुक्रबारको प्रदेशसभामा अर्थमन्त्री संजयकुमार यादवले सो परिमाणको बजेट प्रस्तुत गर्नुभएको हो । उहाँले कुल विनियोजित मध्ये चालुतर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार अर्थात ४१.३० प्रतिशत विनियोजन गरिएको जानकारी दिनुभयो । त्यस्तै, पुँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार अर्थात् ५८ दशमवल २५ प्रतिशत विनियोजन गरिएको साथै बित्तीय व्यवस्थानतर्फ २० करोड अर्थात शुन्य दशमलव ४५ प्रतिशत रहेको जानकारी गराएका छन् ।

त्यस्तै, खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्व मार्फत ४ अर्ब ३७ करोड ८१ लाख २ हजार रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट प्राप्त हुने ११ अर्ब ३८ करोड १९ लाख रुपैयाँ, सम्मानिकरण अनुदानबाट ७ अर्ब ४१ करोड ५० लाख रुपैयाँ, चालु आर्थिक वर्षको बिनियोजन बचतबाट १२ अर्ब ९० करोड ११ लाख रुपैयाँ, विशेष अनुदान ४९ करोड रुपैयाँ, समपूरक अनुदान ९८ करोड रुपैयाँ, संघिय सररकारको सशर्त अनुदानबाट प्राप्त हुने ४ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ गरी ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ बेहोर्दा अपुग हुने २ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालनबाट व्यहोरिने प्रदेश सरकारको योजना अर्थमन्त्री यादवले आफनो व्यक्तत्वय मार्फत बताएको छ ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयलाई कुल बजेटबाट पाँच अर्व छुटयाइएको छ । संघीय सरकारबाट मधेश प्रदेश सरकारलाई सबैप्रदेशभन्दा कम बजेट उपलब्ध गराइएको विषयलाई मधेश सरकारले गम्भीरताका रूपमा लिएको पनि मन्त्री यादवले बताउनुभयो । संघीय सरकारबाट प्राप्त बजेट अप्रयाप्त रहेको पनि मधेश सरकारको निष्कर्ष छ । संघीय सरकारले बजेटको बाँटफाँट न्योयोजित तरिकाले वितरण नगरेको भन्दै मन्त्री यादवले असन्तुष्टि जनाउनुभयो ।

सिमान्तकृत घर परिवारका लागि एक परिवार एक विद्युतीय चुलो कार्यक्रम सञ्चालन गरिनेछ । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि १० वर्षे प्रादेशिक गुरुयोजना तयार गर्न ५० लाख विनियोजन गरिएको छ । कृषिलाई व्यवसायिकीकरण, आधुनिकीकरण र यान्त्रिकीकरण गर्न, कृषिको उत्पादन बढाउन उत्कृष्ट किसानलाई विदेशमा कृषि अवलोकन भ्रमणको व्यवस्था गरिनेछ । माटो र कृषि उपजको गुणस्तर परीक्षण गर्न, प्रयोगशाला निर्माण गर्न दुई करोड विनियोजन गरिएको छ ।

मधेश सरकारले मुख्यमन्त्री किसान उत्थान कार्यक्रमअन्तर्गत कृषि दुध मासुलगायतको उत्पादन प्रबद्र्धनका लागि १५ करोड विनियोजन गरेको छ । हरेक खेतमा पानी किसानको आम्दानी अभियानका लागि कृषि विद्युतीकरणलाई प्रदेश गौरबको परियोजनाका रूपमा विकास गर्न ४० करोड बिनियोजन गरिएको छ ।

सिँचाइ प्रबद्र्धनका लागि ३० करोड विनियोजन गरिएको छ । मधेश प्रदेशमा वृक्षारोपणका लागि तीन करोड विनियोजन गरिएको छ । मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेका लागि आर्थिक सहायता तथा भरषपोषणका लागि आवश्यक व्यवस्था मिलाइएको छ । मधेश प्रदेशमा रहेका सञ्चारमाध्यमको सवलीकरणका लागि आवश्यक व्यवस्था गर्ने छ । मधेश शहीद संग्राहाय सिरहाको लहानमा र जनयुद्ध संग्रहालय निर्माणका लागि तीन करोड विनियोजन गरिएको छ ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको सञ्चालनलगायतका लागि २८ करोड विनियोजन गरिएको छ । मधेश प्रदेशका निजामति कर्मचारीका लागि १० लाखको बिमाको व्यवस्था गरिएको छ । मधेश प्रदेशका प्रत्येक नागरिकको विपत जोखिमका लागि दुई लाख बराबरको विपत जोखिम बिमाको व्यवस्था गरिएको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version