Home समाचार उधोग वन तथा पर्यटन मन्त्री सुनिता यादव द्धारा रामजानकी मन्दिर तथा घाटको...

उधोग वन तथा पर्यटन मन्त्री सुनिता यादव द्धारा रामजानकी मन्दिर तथा घाटको शिलान्यास

0

मिथिलाञ्चल टाईम्स डेस्क

बैसाख २६, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा उधोग वन तथा पर्यटन मन्त्री सुनिता यादवले एकै दिनमा २ वटा योजनाको शिलान्यास गरेका छन् । नगरपालिकाको वडा नं. ४ मा नरहिया टोलमा राम जानकी मन्दिर तथा मनिपट्टी टोलमा पोखरी  सौन्दर्यकरण अंतर्गत घाट निर्माणको शिलान्यास गरिएको हो ।

नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष सुनिल कुमार यादवको अध्यक्षतामा तथा उधोग वन तथा पर्यटन मन्त्री सुनिता यादवको प्रमुख अतिथ्यमा शिलान्यास कार्यक्रम गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुनिता यादवले मधेश प्रदेशमा पर्यटन विकासको हरसम्भव प्रयासरत रहेको बताउनु भयो र शिलान्यास गरिएको योजनाहरुको निर्माण कार्य छिट्टै शुरू हुने घोषणा समेत गर्नु भएको  थियो ।

शिलान्यास कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष लाल बाबु यादव,कार्यपालिका सदस्य राजेश सक्शेना, स्थानीय बुद्धिजीवी ,समाजसेवी,स्थानीयहरुको उपस्थितिमा शिलान्यास गरिएको छ।

 

 

 

 

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version