असार १९ गते , जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले उपमहानगरपालिकाको वडा नं. ८ अग्नी कुण्ड सडक खण्डको उदघाटन गरेका छन् ।अग्नीकुण्डचोकदेखि अग्नीकुण्ड मन्दिरसम्म १४० मिटर लामो उत्त सडकको नगर प्रमुख साहले आईतवार एक कार्यक्रमकाबिच उदघाटन गरेका हुन् । करिब १० लाखको कुल लागतमा निर्माण भएको सो सडक निर्माण भएपछि स्थानीयहरु खुसी भएका छन् ।