Home समाचार गौशाला वडा न.१२ को पुनः मतगणनाको लागि उच्च अदालतमा मुद्दा दायर

गौशाला वडा न.१२ को पुनः मतगणनाको लागि उच्च अदालतमा मुद्दा दायर

0

जेठ २३,महाेत्तरी।
महोत्तरीको गौशाला नगरपालिका वडा न.१२ लोसपा वाट वडा अध्यक्षको उम्मेदवार लाल वहादुर मुक्तान( लाले) ले कानुन विपरित मतगणना भएको भनि बदर गरी पुनःमतगणनाको लागि उच्च अदालत जनकपुरमा अन्तरिम आदेशको माग गरेका छन्।

लोसपा उम्मेदवारले वडा अध्यक्षको हैसियतले काम नगर्नु,नगराउन विपक्षीहरुको नाममा अन्तरकालिन अन्तिरम आदेश माग गरेका छन् ।                               

  • आफु रहे सम्म केही नगरेको तर आफु चाहिँ बाहिर आए पछि मिलोमतोमा गडवड तथा पुर्ण रुपमा षडयत्र गरि विपक्षी कुशेश्वर सिंहलाई ढल्केको छाता छाप पाएको कुल मत५४४ र मैले साईकल छापमा पाएको कुल मत ५४३ अर्थात १ मतको अन्तर देखाई विपक्षी सिंहलाई विजय भए भनि घोषणा गरेको कार्य निर्वाचन कसुर ऐन२०७३ दफा ४४(१) को क ,ख ,ग समेत विपरित रहेको उल्लेख गरेका छन् ।

मतगनणा कार्य दिनको २ वजे देखि साझ नपरुन्जेल सम्म ठिक रह्यो र जब रात पर्न थाल्यो तत्पश्चात पहिले देखि नै मिलोमतो गरि विपक्षी सिंह लाई छाता छापको वढि मत देखाई जसरी पनि विजय बनाउने योजना बद्व ढंग वाट समेत सदर मतलाई वदर र विपक्षीको वदर मतलाई सदर भनि गणना गर्ने र मतपत्रमा लागेको छाप समेत हामीलाई राम्री हेर्न नदिई मेरो मत तथा अन्य मतलाई समेत ढल्केको छाता छाप चुनाव चिन्हको मत हो भनि गणना गर्न लगाकोमा हामी प्रतिस्पर्धी सवैले विरोध गर्दा समेत नमानि प्रहरी प्रशासन मार्फत हामीलाई विरोध समेत गर्न नदिई दवाव मात्र दिन थालेको र मतगणना पुनः गर्नुस मतपत्रमा लागेको छाप अनुसार गणना भएन भने पनि कसैको कुरा नसुनि एक तर्फि ढंग बाट गणना गरि २०७९‍-२-७ गते मतगणना कार्य सम्पन्न गरि सिंहलाई विजय घोषणा गरेको निवेदनमा उल्लेख गरिएको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version