Home समाचार नेकपा एमाले ८ औ धनुषा अधिवेशनमा गजबको तमासा: अधिवेशन झगडामै परिणत

नेकपा एमाले ८ औ धनुषा अधिवेशनमा गजबको तमासा: अधिवेशन झगडामै परिणत

0

सम्पादकीय 

२०८१ बैशाख २४ धनुषा : नेकपा एमाले धनुषाको ८औँ जिल्ला अधिवेशनले लोकतान्त्रिक अभ्यासप्रति गम्भीर प्रश्न खडा गरेको छ। आन्तरिक सहमति नजुटेपछि निर्धारित निर्वाचन प्रक्रियामा प्रवेश गर्नु पर्ने बेला झगडा, आक्रमण र अव्यवस्था देखिनु पार्टीभित्रको गम्भीर संकटको संकेत हो।

उक्त अधिवेशनमा दुई गुटबीच विवाद उत्कर्षमा पुगेको छ । एकतर्फ एमालेका केन्द्रिय सचिव रघुवीर महासेठको समूह र अर्कोतर्फ केन्द्रिय सदस्य उमाशंकर अरगरिया नेतृत्वको गुट। सहमतिमा नेतृत्व चयन नभएपछि निर्वाचनको मिति २४ गते तोकिएको थियो।

तर निर्वाचन सुरु हुनु अगावै नै तनाव चुलियो।महासेठ पक्षले अरगरिया समूहमाथि निर्वाचन समिति माथि नै आक्रमण गरेको आरोप लगाएको छ। उता अरगरिया पक्षले विधान विपरीत उम्मेदवारी दर्ता भएको भन्दै प्रक्रिया नै रद्द गर्नुपर्ने माग गर्दै आएको छ। तीव्र विवादका बीच झगडाको अवस्था सिर्जना भई तीन जना घाइते भएका छन् भने पार्टीका जिल्ला अध्यक्षसम्म स्थल छाडेर भाग्नुपरेको खबर छ।

स्थानीय सर्वसाधारण र राजनीतिक विश्लेषकहरू भन्छन् । “गणतन्त्रमा चुनाव प्रक्रिया विथोल्नु केवल आपराधिक मात्रै होइन, लोकतान्त्रिक मूल्य र संस्कारमाथिको गम्भीर आघात हो।”

पार्टीभित्रको गुटबन्दी, स्वार्थ र अनुशासनहीनता यस घटनाले सतहमा ल्याएको छ। जनताले विश्वास गरेको पार्टीको आफ्नै आन्तरिक निर्वाचनमा हिंसा, अव्यवस्था र भागाभाग हुनु लज्जास्पद मात्रै होइन, लोकतन्त्रकै बदनाम हो।

राजनीतिक पार्टीहरू लोकतन्त्रका स्तम्भ हुन्। त्यहाँ यस्ता घटना हुनु भनेको जनताको विश्वासमाथिको ठेस हो। पार्टी नेतृत्वले घटनाको गम्भीर मूल्यांकन गर्दै सत्यतथ्य बाहिर ल्याउनु आवश्यक छ। दोषीमाथि कारबाही नभएमा यस्ता क्रियाकलापले मुलुककै राजनीतिक संस्कार खस्किने खतरा देखिन्छ।

संविधानले दिएको राजनीतिक स्वतन्त्रताको दुरुपयोग गर्दै गुटगत स्वार्थमा जनताको मत, विश्वास र भविष्यको बलि चढाउनु दुःखद हो।
अब समय आएको छ, जब राजनीतिक दलहरूले आत्मसमीक्षा गर्दै आन्तरिक लोकतन्त्र बलियो पार्नेतर्फ गम्भीर सोच बनाउनेछन्।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version