Home समाचार आज चैते दशैं मनाइदै

आज चैते दशैं मनाइदै

0

२०८१ चैत २३ जनकपुरधाम :  आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दशैं । देवीको पूजा आराधना र उपासना गर्दै मनाइँदै छ।

असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दशैं मनाउने गरेका छन् । असोजमा मनाइने दशैंलाई बडादशैं र चैत शुक्ल अस्टमीमा चैते दशैंको रुपमा मनाउदै आइएको छ ।चैते दशैं असोजमा पर्ने वडादशैं जस्तो धुमधामका साथ मनाउने गरिएको छैन ।

चैतमा अष्टमीको दिनलाई दशैं भनेर हिन्दुधर्मालम्बीहरुले रमाइलो गर्छन् ।दशैंमा घर-घरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गापूजाको महत्वबारे शास्त्रमा बर्णन गरिएको छ ।

आजका दिन शक्तिपीठहरूमा भक्तजनको भीड लाग्ने गर्दछ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version