Home समाचार मिथिलाञ्चलमा चार दिन मनाइने चैती छठ सुरु

मिथिलाञ्चलमा चार दिन मनाइने चैती छठ सुरु

0

२२ चैत , जनकपुरधाम ।

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने  चैत्र छठ शुरु भएको छ । चैत शुक्ल चतुर्थी देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन मङ्गलवार बर्तालुले ‘नहाय-खाय’ विधिबाट पर्व प्रारम्भ गर्दै छन् । पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनितो खाने चलन रहेका छन् ।

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिँदैनन् । पर्वको पहिलो दिन ‘नहाय-खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोवलिएर अर्घ्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ ।

छठ सूर्य र सूर्य पत्नी षष्टिको उपासनाको पर्व हो । यो व्रतको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । मिथिलामा यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्ठरोग निवारणका लागि गरेका र त्यसै बेलादेखि प्रारम्भ भएको मानिन्छ । व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास रहेको जानकारहरू बताउँछन्।

 यसपालि दुई वर्षपछि सर्वसाधारणले वासन्ती छठ खुकुलो गरी मन फुकाएर गर्न पाएका छन् । यसअघिका दुई वर्ष कोभिड-१९ को विश्वव्यापी सन्त्रासले मुलुकमा ‘लकडाउन’ घोषणा गरिएकै बेला परेको हुँदा पूर्वविशेषको बाहिरी चहलपहल र उल्लास थिएन । यसपालि भने महाव्याधि सन्त्रास घटेपछि मिथिलामा चाड लागेजस्तो भएको नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्व अध्यक्ष उमेश साहले बताए ।

चैत्र छठजस्तै चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवरात्र (चैते दसैँ) पनि शुरु भएको छ । चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म वासन्ती नवरात्र मनाइन्छ । यस अवसरमा देवी पीठहरूमा पूजा आराधना गर्ने श्रद्धालु बढेका हुन् ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version