Home समाचार उच्च अदालतको आदेशपछि घरबाटै पक्राउ परे रवि लामिछाने

उच्च अदालतको आदेशपछि घरबाटै पक्राउ परे रवि लामिछाने

0

२०८१ चैत २२ काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो ।

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो ।

लगत्तै उनको निवास बुढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो ।उनलाई आजै बुटवल भैरहवा लगिने बुझिएको छ ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझाउँदै उनी साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च गएका थिए ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version