२०८२ कार्तिक १५, धनुषा : धनुषाको मिथिला बिहारी नगरपालिका- ५ ललिया टोलमा नव निर्मित संकटमोचन हनुमान मन्दिरमा हनुमानको मुर्ति स्थापना गरि प्राणप्रतिष्ठा गरिएको छ ।
हनुमान जयन्तीको अवसर नव निर्मित संकटमोचन हनुमान मन्दिरको समुदघाटन तथा हनुमानको मुर्ति स्थापना गरि प्राणप्रतिष्ठा गरिएको ।
प्राणप्रतिष्ठा कार्यक्रममा ललिया गाउँ हिन्दु धर्मावलम्बी , समाजसेवि, बुद्धिजीवी , हनुमान आराधना मिथिला बिहारी-५ ललिया शाखाका सदस्यहरुको समेत उपस्थित रहेको थियो ।
नव निर्मित हनुमान मन्दिरको समुदघाटन तथा मुर्ति प्राणप्रतिष्ठा मिथिला बिहारी नगरपालिका-५ का वडा अध्यक्ष सुरेन्द्र कुमार मण्डलले गरेका थिए ।
वडा अध्यक्ष मण्डलले आफ्नो निजि लगानीमा हनुमान प्रतिमा किनेर प्राणप्रतिष्ठा गराएका हुन ।