Home समाचार कोशी ब्यारेजको पुलमा आवत–जावत बन्द

कोशी ब्यारेजको पुलमा आवत–जावत बन्द

0
२०८१ असोज १२
लगातारको वर्षापछि नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजको पुलमा आवत–जावत बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार दिउँसो ४ बजेबाट लागू हुने गरी ब्यारेजको पुलमा आवत–जावत बन्द गरेको हो ।

विगत तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण कोशी ब्यारेजमा पानीको सतह अत्याधिक बढेर खतराको संकेतसमेत पार गरेका कारण अर्को सूचना जारी नभएसम्मका लागि ब्यारेजको पुलबाट मानिससमेत जान नपाउने गरी आवतजावत बन्द गरेको हो ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले सुरक्षाका कारण ब्यारेजमा रहेको पुलबाट आवत–जावत बन्द गरेका कारण अत्यावश्यक काम परे वैकल्पिक मार्ग प्रयोग गर्न पनि आग्रह गरेका छन् ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version