Home समाचार देश भरिका अशक्त र गरिब नागरिकलाई निशुल्क उपचार हुनेछ : मेयर बालेन...

देश भरिका अशक्त र गरिब नागरिकलाई निशुल्क उपचार हुनेछ : मेयर बालेन साह

0

बैशाख १६, काठमाडौ : काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन साहले नेपालको जुन सुक्कै पालिकाको अशक्त र गरिब नागरिकलाई निशुल्क उपचार महानगर गरिने घोषण गरेका छन् ।

आज आफ्नो फेसबुकमा स्टेटस लेख्दै मेयर साहले नेपालको जुनसुकै पालिकाको भएपनी अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो पालिकाबाट बिपन्न र असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनु होला । हामी संग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्कता अनुसार निशुल्क उपचार हुनेछ ।

तपाईको टोल छिमेक वा आफन्त यो बर्गमा पर्नु हुन्छ भन्ने खबर गरिदिन आग्रह समेत गरेका छन्

सम्पर्क गर्नको लागि काठमाडौं महानगर स्वास्थ बिभाग सम्पर्क नम्बर ११८० समेत दिएका छन् ।

यस्तो छ नगरप्रमुख बालेन साहको फेसबुक स्टाटस

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version