Home समाचार सडक डिभिजन लहान कार्यालयका लेखा अधिकृत पोखरेल एक लाख घुस रकमसहित पक्राउ

सडक डिभिजन लहान कार्यालयका लेखा अधिकृत पोखरेल एक लाख घुस रकमसहित पक्राउ

0

२६ असार , जनकपुरधाम । सडक डिभिजन लहान कार्यालयका लेखा अधिकृत पदम विनोद पोखरेल एक लाख घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवासको टोलीले मंगलबार दिउँसो ५ बजे  उनलाई पक्राउ गरेकाे हाे ।

सडक बनाउने कार्यको अन्तिम भुक्तानी गराइदिने बापत निर्माण व्यवसायीसँग घुस मागेको आरोप छ। सडक ०७६/०७७ देखि नै  बनाउने कार्य भइरहेको थियो। पक्राउ परेका लेखा अधिकृत पोखरेललाई थप अनुसन्धानका लागि  नियन्त्रणमा लिइको  अख्तियार दुरुपयोग अनुसन्धान आयाेग बर्दिवाशले जनाएको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version