नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए।
उनलाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए, जुन अहिले विवादित छ।
थापासँगै नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका छन्।
माओवादीले भने आज मन्त्रिपरिषदमा आफ्ना सांसदलाई पठाउन सकेन। यसअघि पर्यटनमन्त्री भएका जीवन आचार्यलाई फेरि दोहोर्याउने या नयाँ मन्त्री पठाउने भन्नेमा माओवादीभित्रै विवाद भएपछि आज मन्त्रीहरूको नाम पठाउन नसकिएको माओवादी केन्द्रका एक नेताले बताए। आचार्य प्रधानमन्त्त्री प्रचण्डका ज्वाइँ हुन्।